२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बोक्सी आरोपमा श्रीमती माथि कुटपिट

जुम्ला - बाेक्सी आरोपमा अाफ्नै श्रीमतीलार्इ कुटपिट गर्ने पति सहित चार जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका ५ की १९ बर्षीय श्रीमती सरीता दमार्इलार्इ बाेक्सीको आरोपमा कुटपिट गर्ने उनका पति अली दमाई, ससुरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु पिरम दमाईलार्इ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जानकारी दिएकाे छ।

वयानका क्रममा पीडित दमाईले आफुलाई परिवारहरुले नै पटक पटक बोक्सीको आरोपमा कुटपिट गर्ने गरेको बताएकी जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले बताए। उनका अनुसार पीडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो। पक्राउ परेका चारै जना विरुद्ध भेदभाव तथा अन्य अपमानजन्य कसुर (बोक्सीको आरोप) अन्तर्गत मुद्धा दर्ता गरिएको प्रहरीले बताएकाे छ। जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले पीडक पक्षकाले घटनालाई मिलाउन खाजेपनि प्रहरीले महिला हिंसाका घटनामा पीडकलार्इ उनमुक्ति नदिने बताए। उनले भने, “मेरो कार्यकालमा कालिकोटलाई महिला हिंसा मुक्त, आत्महत्या रहित जिल्ला बनाउने लक्ष्य लिएको छु, पीडकलाई कानुनी कारवाही हुन्छ।”

न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी पीडित सरीता दमाईले विवाह भएको दुई बर्षसम्म पनि बच्चा नजन्मिदा आफुलाई परिवारले बोक्सीको आरोप लगाएर कुटपीट गर्ने गरेको बताइन्। 

 

प्रकाशित: ४ आश्विन २०७५ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App