१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण : 'न्याय दिलाउन खाेज्दा मेरै ज्यानलार्इ खतरा भयाे'

धनगढी - बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकाे हत्याको अनुसन्धान गर्न बनेको उच्च स्तरीय छानविन समितिका सदस्य बिरेन्द्र केसीले निर्मलालाई न्याय दिलाउँदा अाफ्नै ज्यानको खतरा महसुस गरेर राजिनामा दिएको बताएका छन। ‘सत्य तथ्य पत्ता लगाएर निर्मलालाई न्याय दिलाउन खोज्दा मेरो हत्या हुन सक्ने अवस्था आयो, मैले सुरक्षा खतरा महसुस गरेर समितीवाट बाहिरिएको हुँ’ केसीले नागरिकलाई भने।

छानविन समितिमा रहेर निर्मलालाई न्याय दिलाउन सक्ने अवस्था नरहेको उनले बताए। अपराधी शक्तिशाली भएको संकेत गर्दै उनले छानविन समितिमा रहेर घटनाको सत्यतथ्य वास्तविक अपराधी वाहिर ल्याउन सक्ने अवस्था नरहेको उनले बताए। ‘म सरकारको कर्मचारी हुँ, मैले धेरै वोल्दा गाह्रो हुन सक्छ, मेरो उद्देश्य निर्मलालाई न्याय मिलोस भन्ने हो, छानविन समितिमा रहेर निर्मलालाई न्याय दिलाउन असम्भव भएपछि राजिनामा दिएको हुँ’ उनले टेलिफोनमा नागरिकलाई भने।

घटनाको सत्यतथ्य बिवरण वाहिर ल्याउन खाेज्दा ज्यान नै खतरामा परेको उनले बताए। कसवाट ज्यानको खतरा भयाे भन्ने कुरा भने उनले खुलाउन मानेनन्। सत्यतथ्य घटना वाहिर ल्याउँदा तपाईको हत्या नै हुने अवस्था आउनु भनेको हत्याको घटनामा शक्तिशाली व्यक्ति नै संलग्न हो ? भनेर सोधेको प्रश्नको जवाफमा उनले भने,‘घटनाको भित्री पाटोमा म जान चाहदैन, मलाई ज्यानको खतरा भएकोले समितिवाट वाहिरिएको हुँ।’ समितिवाट वाहिरिदा समेत अाफ्नाे ज्यान जोखिममा रहेकाे उनी बताउँछन्। ‘मेरो हत्या अझै पनि हुनसक्छ मैले ज्यानको सुरक्षाका लागी मानवअधिकारवादी संघसंस्थालाई गुहारेको छुँ।’ उनले भने।  

समितिको म्याद थप गर्दा निमर्लाले न्याय पाउने अवस्था नरहेको उनले बताए। डिएनए टेस्टको कम्प्लिकेशन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने संभावित दुर्घटना र अपराधी उम्कन सक्ने कुरा पटकपटक समिति समक्ष राखेको उनले बताए। समितिको म्याद थप गर्दा वास्तविक दोषी पत्ता लाग्नेमा थप जटिलता आउने उनले बताए। ‘छानविन समितिवाट निर्मलालार्इ न्याय दिलाउन सकिने अवस्था छैन’ उनले भने। उनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हुन। १५ दिनको म्याद दिइएको यो समितिलार्इ गृह मन्त्रालयले थप १५ दिनकाे म्याद थपेको छ।

 

प्रकाशित: २५ भाद्र २०७५ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App