२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लागूऔषध सहित चार पक्राउ

सिराहा - जिल्लाको विभिन्न स्थानबाट लागूऔषध सहित चारजना युवालार्इ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका ११ का १९ बर्षीय दिलिप कुमार सादयह, १९ वर्षकै सरोज कुमार सादाय, १८ वर्षका विक्रम कुमार सदाय, सोही नगरपालिका वडा नम्बर १३ का २२ बर्षीय नन्द कुमार महतो रहेका छन्।

शुक्रबार पूर्वपश्चिम राजमार्गको धनगढीमाई नगरपालिकामा चेकजाँचको क्रममा प्रहरीले विक्रम सदायको साथबाट १ थान फेनार्गन, १ थान लुपिजेसिर, १ थान डाईजाल्याब बरामद गरेको जनाएको छ। सिरहा प्रहरी प्रवक्ता (डिएसपी) माधवराज खरेलका अनुसार नशामा लठ्ठिएर हिंडिरहेका उनीसँग सोधपुछ गर्दा आफुले लहानबाट उक्त लागूऔषध किनेर ल्याएको बताएका थिए। उनकै सुराकको आधारमा प्रहरीले लहानको आँप बगैचा पुगेर ठूलो परिमाणमा लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको हो।

लहान नगरपालिका १३ स्थित आँप बगैचाबाट प्रहरीले नन्दकुमार महतो, दिलिप सादय र सरोज कुमार सदायको शरिर खानतालास गर्दा फेनार्गन २९३ थान,  डाईजाल्याव २९३ थान, लुपिजेसिक २९३ थान  बरामद भएको प्रहरी प्रवक्ता खरेलले जानकारी दिए। आँप बगैचाबाट प्रहरीले ना ३२ प ७३०६ र स ६ प ४२३ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ। 

 

प्रकाशित: १ भाद्र २०७५ १४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App