२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चुरे सरोकार समाज गठन

काठमाडौं - अव्यवस्थित बसोबास, वनविनास, चरिचरन, खोरिया फँडानीलगायत मानवीय क्रियाकलापका कारण चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीमा परेको प्रतिकूल असर र त्यसबाट चुरे, भावर र तराई क्षेत्रमा उत्पन्न दुष्प्रभाव न्यूनीकरणका लागि नागरिक अभियान थालिने भएको छ।

चुरे क्षेत्रको दीगो एवं वैज्ञानिक व्यवस्थापन गरेर तराई मधेसको जग्गा मरुभूमिकरण हुनबाट जोगाउन, बाढीजस्ता विपत् नियन्त्रण गर्न र प्राकृतिक साधनस्रोतको उचित उपयोगका लागि सरकारी संयन्त्रलाई दबाब दिनुका साथै नागरिक तहमा चेतना प्रसार गर्न शुक्रबार काठमाडौंमा चुरे सरोकार समाज नेपाल गठन गरिएको छ।

पूवंसांसद रामकुमार शर्माको अध्यक्षतामा भएको एक सर्वपक्षीय भेलाले चुरेविद् डा.नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा गठन गरेको समाजका अन्य सदस्यहरूमा अर्का चुरेविज्ञ डा.विजयकुमार सिँह, डा.रामअधिन यादव, प्राध्यापक ललन तिवारी, जयप्रकाश पाण्डे, डा.भगवान ठाकुर, शेखर यादव, अधिवक्ता सुनिलरञ्जन सिँह, सञ्चारकर्मी अनिलकुमार कर्ण, वीरेन्द्रकुमार मेहता र सम्झना दाहाल रहेका छन्। समितिका सदस्यसचिवमा अधिवक्ता पंकज कर्ण छन्।

समितिले चुरे क्षेत्रका विभिन्न जिल्लामा चेतनामूलक कार्यक्रम गर्ने सदस्यसचिव पंकजले बताए।

प्रकाशित: २६ श्रावण २०७५ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App