बागलुङ – जिल्लाको ढोरपाटन नगरपालिका—१ मा तमानखोलामा जीप खस्दा एक यात्रु वेपत्ता भमएका छन्। बुर्तिबाङ देखि ढोरपाटन—४ छोरेगाउँतर्फ जाँदै गरेको लु १ ज २७६२ नम्बरको जीप ब्रेक फेल भएर खस्दा त्यसवामा सवार एक यात्रु वेपत्ता भएका हुन्।
दुर्घटनामा परी छोरेगाउँकी ६०वर्षीया नन्दकली गैरे वेपत्ता भएकी हुन्। यात्रु लिएर गन्तव्य तर्फ जाँदै गर्दा ब्रेक फेल भएर गाडी खोलामा खसेपछि खोलाले बगाउँदा गैरे वेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए।
जीपमा सवारी अन्य ६ जना यात्रुलाई भने प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरिएको छ। उद्धार गरिएको यात्रु मध्ये ढोरपाटन—की १६ वर्षीया कमला विक, १४ वर्षीया सरिता विक, १७ वर्षीय थमबहादुर सिर्पाली, ६० वर्षीया गौमती सिर्पाली, ६५ वर्षीया फुलमती नेपाली घाइते भएका छन्। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ।
सवारी चालक पोखरा महानगरपालिका—११ का अनिल नेपालीलाई नियन्त्रणमा लिएर छानविन थालिएको प्रहरीले जनाएको छ। जीप सडकदेखि ३० मिटर तल खोलामा खसेको थियो।
प्रकाशित: ३० असार २०७५ १४:११ शनिबार