धादिङ – बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ।
घरमा खेलिररहेका दुई वर्षीय बालक आयुश सार्कीलाई काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए।
हत्यापछि फरार भएका अभियुक्तको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए। हत्याको कारण भने खुलेको छैन। रासस
प्रकाशित: १८ असार २०७५ ०१:३८ सोमबार