१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्।

शुक्रबार प्रसाईँको कानुन व्यवसायीहरूले सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन्।

गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईँले आफ्नो कानुनी व्यवसायी मार्फत रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।

कुईकेलले भने, 'बन्दी प्रत्यक्षीकरणमा उहाँको रिट दर्ता भएको छ। रिटको पेसी आइतबारका लागि तोकिएको छ।'

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ७ मंसिर २०८१ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App