१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

घरमै पुगेर वृद्धभत्ता वितरण गर्दै: जुम्लाको गुठिचौर गाउँपालिका

सामाजिक सुरक्षा भत्ता बुझ्दै महिला(तस्बिर गोल्डेन बुढा)

जुम्लाको गुठिचौर गाउँपालिका-२ की च्याउचि वुढा (७१ वर्षीया)सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुशी छिन्।गाउँपालिकाले भत्ता लिएर घरमा पुग्दा पिँढी (ओटालो)मा बसिरहेकी च्याउचिले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरिन्। उनी भन्छिन्, ‘बिरामी हुँदा छोरा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फर्किनुपर्थ्यो, साह्रै गाह्रो हुन्थ्यो।’ उनी दमको बिरामी छिन्। हातगोडा दुख्ने र हिँड्न निकै समस्या हुनेगर्छ। साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उनले बताइन्।

सामाजिक सुरक्षा भत्ता पाउने खुशीभन्दा पनि बैंकमा लाइन बस्नुपर्ने, १ दिन अघिल्लो दिन बास बस्ने गरि घन्टौं लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिन स्मरण गर्दै च्याउचिले भनिन्, ‘जनप्रतिनिधिले घरमै भत्ता ल्याइदिएका छन्, धैरै  सहजभएको छ।’ यस्तै गुठिचौर -१ कि ६३ वर्षिया डुमि कठायतलाई बैंकसम्म आउन दुई दिन भन्दा बढी समय लाग्नेगर्छ। पैदल हिँडेर जानुपर्ने बाध्यता एकातर्फ त अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन् बढी जोखिम हुने उनी बताउँछिन्। उनले भनिन्, ‘समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा सुरक्षित महसुस भएको छ, मलाइ निकै खुशी लागेको छ।’

अर्की ७९ वर्षीया असारी रोकायाको पनि सामाजिक सुरक्षा भत्ता लिन जाँदाको अनुभव डुमिको जस्तै छ। उनी पहिले घर बाट हिडेर गाउँपालिकाको सदरमुकाम झारज्वाला पुग्थिन्।   वर्षामा रुझ्दै होस् वा घन्टौं पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झिन्छिन्।  झन उनी शारीरिक रुपले अपांग छिन्। उनी भन्छिन्, ‘समयसँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुशी भनेको यही रैछ।

गाउँपालिकाले सनराइज बैङ्कसँग सहकार्य गर्दै १ र २ वडाका गाउँमै पुगेर वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो।गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वडामै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो।७० वर्षभन्दा माथिका र पुर्ण असक्तलाई वितरण गरेको थियोे।’वडा नम्बर १ र २ वडाहरु गाउँपालिकाको सदरमुकाम झारज्वाला देखि पैदल एक दिन लाग्छ। वडावासीलाई आफ्नै घरदैलोमै जनप्रतिनिधि र कर्मचारी पुगेर भत्ता वितरण गर्दा वडावासी भने निकै खुशी छन्। १ नम्बर वडा सचिव हरिश्चन्द्र गिरीले भने,झ हाम्रो गाउँपालिका ( ५ वडा छन्। 

सबैभन्दा बढी टाढा र विकट १ र २ वडा हुन्। बिचबिचमा घना जंगलको बाटो छ।सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि पालिकासम्म आउनको लागि वडावासीलाई निकै कठिन छ।

उनले भने,७० वर्ष भन्दामाथिका ४२, ६० वर्ष भन्दा माथि ८४,एकल  महिला ३८ जना र अपांग १४ जना लाई भत्ता दिइएको थियोे। ६० देखि ७० वर्षसम्म जेष्ठनागरिक र एकल महिलाले ८ हजार ,७० वर्षदेखि माथीका जेष्ठनागरिकले १२ हजार भत्ता पाएका छन् भने अपांगले ६ हजार ५ सय पाएका थिए।वृद्धवृद्धा लड्ने लुटपाटमा हुने जस्ता समस्या धेरै छन,त्यो नहोस भनेरै जनप्रतिनिधि,सुरक्षाकर्मी र बैंकका प्रतिनिधित्व र पत्रकार सहितको टोली पुगेको हो।

 १ वडामा ७५ जना र २ का १ सय ३६ जना गरि कुल २ सय ११ जना जेष्ठनागरिकले भत्ता बुझेका थिए।त्यसमध्ये ज्येष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने गाउँपालिकाले समाधान गरिदिएकोमा खुशी लागेको ज्येष्ठ नागरिकहरु  बताउँछन्।

भौगोलिक विकटताका कारण बैंकसम्म आउनका लागि दिनौँको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको गाउँपालिका -२ का वडा अध्यक्ष दिपबहादुर ऐडीले बताए।  

तस्बिर: गोल्डेन बुढा

प्रकाशित: १४ कार्तिक २०८१ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App