१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

प्रथम अन्नपूर्ण हिमाल पहिलोपटक आरोहण गरेका हर्जोगका छोरा माथिएस नारच्याङमा

फ्रान्सेली नागरिक माथिएस हर्जाेग अन्नपूर्ण प्रथमको पदयात्राका लागि नारच्याङ आइपुगेका छन्। पहिलोपटक उनका बुबा मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथमको पदयात्राका लागि उनी नारच्याङ पुगेका हुन्।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर) को नारच्याङ हुदै आधार शिविरसम्म पुगेर मौरिस हर्जोगले हिमाल आरोहणको क्रममा यात्रा गरेको क्षेत्रको अवलोकन गर्ने अभियान्ता तेज गुरुङले बताए।

‘उहाँ नारच्याङ आउनुभएको छ, भोलि हामी आधारशिविर तर्फ जान्छौ, उहाँलाई हामीले थाहा पाएका सबै सुनाउँछौ’ गुरुङले भने। सडक सञ्जाल र पैदलयात्रकाको क्रममा मुस्ताङतर्फबाट आउने पुरानो पदमार्ग सहित बसेका स्थान र आरोहण गरी फर्किएका सबै जानकारी लिन हर्जोगका छोरा माथिएस निकै उत्साहित देखिएका छन्।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको हर्जाेगले सफल आरोहण नै पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुवात भएको थियो। हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने सालिक समेत राखिएको छ।

अन्नपूर्ण हिमालमा मानव पाइला पुगेको ३ वर्षपछि मात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो। यसबर्ष माथिएस हर्जाेग ‘अन्नपूर्ण डे’मा सहभागि हुन पोखरा आएका थिए। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तब्य बन्दै छ।

बुबा पुगेको चुचुरोमा जान नसकेपछि फेँदीसम्म जाने योजनालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले भरपुर साथ दिने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए। ‘प्रथम अन्नपूर्णसम्म पुग्ने सबै तयारी पूरा भएको छ, अब हामीले उहाँबाट प्रर्बधनमा समेत सहकार्य गछौं’ अध्यक्ष पुनले भने।

गाउँपालिकाले यो भ्रमणलाई थप उपलब्धीका रुपमा लिएको छ। माथिएस यसअघि ३० वर्ष अघि नेपाल आएका थिए। दसैँतिहारको बिदामा अहिले म्याग्दीमा भित्रिने स्वदेशी पर्यटकको सबैभन्दा उत्कृष्ट गन्तव्य अन्नपूर्ण हिमाल रहेको छ।

प्रकाशित: ९ कार्तिक २०८१ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App