३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

१४ वर्षीया किशोरीको हत्या आरोपमा स्थानीय व्यापारी पक्राउ

डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा एकजनालाई आइतबार सार्वजनिक गरिएको छ।

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत  सार्वजनिक गरिएको हो।

अमरगढी नगरपालिका–७ की भट्टराईको हत्या गरिएको थियो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्।

“घटना निज टेकबहादुर भण्डारीको स्टेसनरी पसलनै हो,” डीएसपी श्रेष्ठले भने, “पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।”

स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन्। किशोरीको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ।

“जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकारेपछि आवेगमा आएको पनि हुन सक्ने हाम्रो अनुमान छ। तर यकिन जानकारी प्राप्त भइसकेको छैन,” उनले भने।

भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजारनजिकै मिल गएकी थिइन्।पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ।

-रासस

प्रकाशित: २८ आश्विन २०८१ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App