३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः मित्रहरुबाट कार्यसिद्धिको योग रहेको छ। काम गर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला। साथीहरुबाट केही खर्च हुने समय देखिन्छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

वृष राशिः अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ। उन्नति प्रगति हुने देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नुनै वेस हुन्छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य बाधा छ। उपलव्धिपूर्ण आर्थिक लाभ छ।

मिथुन राशिः आफन्तबाट धन व्यय हुने योग छ। प्रयास गर्दा नयाँफल प्राप्त हुने देखिन्छ। जग्गा सम्बन्धी काममा अर्थ प्राप्तिको योग छ। स्वास्थमा सामान्य बाधा आउला। यात्राको समय रहेको छ।

कर्कट राशिः जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा शुभ नै देखिन्छ। कार्यमा हिड्दा व्यर्थ व्यय हुन सक्ने हुँदा, जोगिनु होला। ज्ञानको क्षेत्रमा रुची बढ्ने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ।

सिंह राशिः देशिक यात्राको योग देखिन्छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। स्वास्थ्यको विषयमा केही व्यय हुने समय छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसाय गर्नेलाई  दिन राम्रो छ।

कन्या राशिः वाणी प्रभाव वढ्ने योग छ। व्यापारको राम्रो फल प्राप्त हुनेछ । पराक्रमबाट कार्यसिद्धि हुने योग छ। नयाँ कार्यमा बाधा केहि आउने छ। व्यर्थमा धन खर्च हुने समय छ। अध्ययनको क्षेत्रमा राम्रो छ।

तुला राशिः व्यापार व्यवसायमा कम फल प्राप्तिको समय छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। राजनीतिमा सफलता मिल्नेछ। विदेश यात्राको योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

वृश्चिक राशिः धार्मिक कार्य गर्नु शुभ छ। विद्यार्थीका लागि  अध्ययनमा रुची बढ्ने छ। विभिन्न बिलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला। यात्रामा फल प्राप्त योग छ। समाजिक पद प्रतिष्ठा मिल्ने छ।

धनु राशिः विद्यार्थीका लागि पढाई दोहोर्याउनु पर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। सामान्य लाभ हुने दिन रहेको छ। वाणी प्रभाव वढ्ने छ। परिवारमा सुमधुर सम्वन्ध रहने छ।

मकर राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केही सुधार देखिने छ। सामान्य रोग देखा पर्न सक्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

कुम्भ राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। स्वास्थ्यका कारणले धन खर्च हुनेछ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

मीन राशिः अग्रजमा सामान्य चर्म रोग देखा पर्न सक्ने छ। केही धन खर्च हुने योग देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। आफ्नो क्षेत्रमा प्रभाव बढाउन सफल भइने छ।     

प्रकाशित: १२ भाद्र २०८१ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App