२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

पर्वतारोही पासाङ ल्हामुको नामबाट चन्द्रमाको क्रेटर नामकरण

चन्द्रमाको क्रेटरको नाम स्वर्गीय पर्वतारोही पासाङ ल्हामु शेर्पाको नामबाट रहने भएको छ।  

अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) कार्य समूहले पर्वतारोही ल्हामुको नामबाट क्रेटरको नाम राख्न अमेरिकी भूगर्भ सर्वेक्षणले गरेको प्रस्ताव अनुमोदन गरेको हो।  

महत्वपूर्ण चन्द्रमाको दक्षिणी ध्रुव हिमालको चुचुरोमा रहेको उक्त खाडललाई आईएयूले सगरमाथा, सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली महिलालाई सम्मान गर्न र उनको अतुलनीय उपलब्धिको उत्सव मनाउनका लागि  'ल्हामु क्रेटर' नाम दिएको हो।

पासाङ ल्हामु शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ। क्रेटरमा ल्हामुको नामकरणले विश्वभरका महिलाहरूलाई समेत प्रेरणा मिल्ने आईएयूको भनाइ छ।  

'पासाङ ल्हामु शेर्पाको विरासतलाई मान्यता दिँदै यो ऐतिहासिक सम्मान नेपालसँगै मनाउन पाउँदा संयुक्त राज्य अमेरिकाले गर्व गरेको छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

ग्रह प्रणाली नामकरणका लागि आईएयू कार्य समूहले ल्यान्डिङ साइटमा हालसम्म ११ वटा नाम अनुमोदन गरेको छ। 

प्रकाशित: २३ श्रावण २०८१ १७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App