३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः अध्ययन कार्यको प्रारम्भ गर्नु राम्रो होला। परिवारका अग्रजमा अर्थ व्यय हुने दिन छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। उदर रोग देखापर्न सक्ने छ। कार्यगर्दा विचारपूर्वक गर्नुहोला।

वृष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। रोजगारीको अवसर मिल्ने समय छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने दिन छ। सामाजिक पद, सम्मान मिल्ने छ। वाणी सफल हुने दिन छ।

मिथुन राशिः वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। विलासी कार्यमा रुचि नलिनु राम्रो छ। नयाँ कार्यमा सामान्य सिद्धि हुने छ। व्यापार व्यवसाय गर्नेलाई दिन ठीक छ। आर्थिक लाभ हुने दिन छ।

कर्कट राशिः व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। बाहिरी खानपानमा रुचि नगर्नु बेस हुन्छ। भूमि सम्वन्धी काममा कम फल प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सम्मान मिल्नेछ।

सिंह राशिः आर्थिक क्षेत्रमा कम सफलता मिल्नेछ। विचार फरक हुन सक्ने हुँदा त्यसबाट टाढै रहनु होला। अध्ययनमा सफलता मिल्ने छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा विचार गर्नु होला।

कन्या राशिः सरकारी काम सफल हुने समय छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। वस्त्र सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। विद्यार्थीहरू अध्ययनमा सफल हुनेछन्।

तुला राशिः अध्ययनको क्षेत्रमा हल्का मन लाग्ने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले प्रसन्नतामा कमी नहुने देखिन्छ। आँखामा सामान्य समस्या देखिन सक्छ। व्यवसायमा सफलता राम्रो छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ।

वृश्चिक राशिः  पढाइ लेखाइको क्षेत्रमा मन लाग्ने छ। व्यवसायमा राम्रो फल प्राप्तिको दिन छ। स्वजनबाट धन आउने छ। हल्का शिर रोग देखिन सक्छ। खाद्य उद्योगमा लगानी गर्दा राम्रो हुन्छ।

धनु राशिः विद्यार्थीलाई पढाइ राम्रो छ। स्वास्थमा सामान्य खराबी हुन सक्छ। व्यवसायमा अर्थ लाभ देखिन्छ। नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। उन्नति प्रगति हुने देखिन्छ। यात्राको समय छ।

मकर राशिः व्यवसायमा मध्यम फल देखिन्छ। पढाइमा कार्यसिद्धि योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। परिवारको अग्रजमा चर्म रोग देखापर्न सक्छ। अरुको सहयोग नलिएर आफै कार्य गर्नु होला।

कुम्भ राशिः व्यापारिक व्यक्तिमा अर्थलाभले कार्य सफल हुने दिन छ। स्वास्थ्यमा थोरै विकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन छ। उन्नति प्रगतिले मन आनन्द बन्नेछ।

मीन राशिः पढाइ राम्रो छ। सामान्य शिर कष्ट देखिन सक्छ। पराक्रमले कार्यसिद्धि हुने  छ। व्यापार, व्यवसायमा फल प्राप्तिको समय छ। वैदेशिक यात्राको योग देखिन्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ।

प्रकाशित: २२ श्रावण २०८१ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App