१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्राचीन हात्तीको अवसान

यस्ताे पनि!

तपाईंले हलिउडले निर्माण गरेको ‘आइस एज’ फिल्म शृंखला हेर्नु भएको छ? सो फिल्म शृंखलामा प्राचीन हात्तीको एक जोडाले निकै रोचक कर्तब देखाएका छन्। ती प्राचीन हात्ती, जसलाई अंग्रेजीमा म्यामथ भनिन्छ, ती कसरी संसारबाट लुप्त भए होलान् भन्नेबारे अझै पनि वैज्ञानिक जगत्मा विभिन्न सिद्धान्त प्रस्तुत गर्ने गरिन्छ।

युरोप, अमेरिका तथा एसियाका खुला घाँसे मैदानमा ढलक ढलक हिँडिरहने ती प्राचीन हात्ती पछिल्ला १२ हजार वर्षमा अचानकसँग लुप्त भएका थिए। तर ती कसरी लुप्त भए भन्नेबारे केहीले जिन उत्परिवर्तन (जिन म्युटेसन)को सिद्धान्त अगाडि सार्ने गरिएको थियो।

अचानकसँग ती प्राचीन हात्ती लुप्त त भए तर र्‍याङ्गल आइल्याण्ड भनिने हालको रुसको साइबेरियास्थित समुद्र नजिकको पहाड वरपरका केही ठाउँमा १० हजार वर्षअघि लगभग अन्तिम पुस्ता वितरण गर्ने गथ्र्यो। त्यो बेला क्रमशः समुद्रको सतह बढिरहेको थियो।

एउटा नयाँ अध्ययनअनुसार त त्यस्ता प्राचीन हात्ती (म्यामथ) ६ हजार वर्षअघिसम्म जीवितै थिए। तर के कारणले ती नष्ट भए भन्नेबारे अहिले नयाँ कोण प्रस्तुत गर्न थालिएको छ। केहीले त्यो बेला सजातीय गर्भाधानका कारण उनीहरूबीच हानिकारक उत्परिवर्तन (म्युटेसन) हुन पुग्यो। सो उत्परिवर्तनका कारण ती लुप्त हुन पुगेको केहीको भनाइ छ।

यस सिद्धान्तलाई भने नयाँ अध्ययनले काटेको छ। वैज्ञानिकहरूले साइबेरिया क्षेत्रमा फेला पारेका म्यामथका हाडहरूबाट डिएनए निकाले। ती डिएनएको विशिष्ट अध्ययन गर्दा के देखियो भने जिनमा भएका खतरनाक उत्परिवर्तनले उनीहरूको जीवनलाई कुनै असर गरेको होइन। बरु त्यो बेला फैलिएको कुनै खतरनाक प्लेग वा व्याधिका कारण तिनलाई समूल नष्ट गरेको थियो।

यस अध्ययनमा संलग्न प्राध्यापक लभ डालेन न्यु साइन्टिस्टलाई भनेका छन्, ‘त्यो प्लेग, ब्याधि वा कुनै आँधि नआएको हुन्थ्यो भने अहिले पनि पृथ्वीमा म्यामथ विचरण गरिरहेका हुने थिए। हामीले तिनको दर्शन पाउने थियौँ।’

प्रकाशित: १ श्रावण २०८१ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App