१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगरमा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या, २ जना घाइते

विराटनगरमा एकजना युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने अन्य २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं प्रवक्ता ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार सोमवार राति करिब १० बजेतिर विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीनजना युवक गम्भीर अवस्थामा भेटिएका थिए।

घाइते अवस्थामा भेटिएका कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भइसकेको उनले बताए। मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको डिएसपी बस्नेतले बताए।

त्यस्तै कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन्।

घाइते रायको अवस्था भने गम्भीर छ। उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट लागेको उनले बताए। मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ। उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनामा कसको संलग्नता छ भन्ने नखुलेको भन्दै प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान सुरु गरिएको बताए। उनले प्रारम्भिक अनुसन्धानमा बाटोमा हिँडिरहँदा दुई समूहबीच बादविवाद भएको बुझिएको बताए। घटनाबारे विस्तुत जानकारी अनुसन्धान पछि आउने उनले बताए।

प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ।

प्रकाशित: २५ असार २०८१ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App