२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुद मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन्।

बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसावले अघि बढ्न आवश्यक रहेको बताए।

उनले स्काउट समय सापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिनु नहुने बताए।

उनले केका लागि स्थापना भएको हो ? भन्नेकुरा नबिर्सिकन स्काउटले समय सापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको भन्दै स्काउटका सम्पतीहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए।

उनले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताए।

प्रकाशित: ५ असार २०८१ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App