रौतहटको गरूडा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ।
तीन करोड ३३ लाख रूपैयाँमा निर्माण हुने भवनको एक समारोहबिच नगर प्रमुख कन्थमुनि प्रसाद कलवार र उपप्रमुखसहित सम्पूर्ण वडाध्यक्षले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
गरूडा नगरपालिका ४ गरूडाको मुख्य बजारसँगै रहेको पशु बजारको जमिनमा नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको हो।
नगरपालिकाको वर्तमान कार्यपालिकाले निर्वाचित भएलगत्तै गरेको निर्णय शिलान्याससँगै कार्यान्वयनको दिशामा अगाडि बढेको हो। गरूडा नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम अगाडि बढाउने भनेर कार्यपालिकाले सर्वसम्मत निर्णय गरेको थियो।
गरूडाले आफ्नै स्रोतमा प्रशासकीय भवन निर्माण गर्न लागेको हो। श्रेष्ठ बटुक भैरव जेभि वीरगन्जले एक वर्षमा तीनतले भवनको निर्माण ठेक्का लिएको छ।
शिलान्यास कार्यक्रममा गरूडा नगरपालिकामा सक्रिय रहेका विभिन्न दलका प्रतिनिधिहरूका साथै निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता थियो।
प्रकाशित: ३२ जेष्ठ २०८१ १८:२६ शुक्रबार