३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरू

कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी आइतबार देखि विराटनगरमा सुरू भएको छ। दुई दिन सम्म सञ्चालन हुने गोष्ठीको गृह मन्त्री रवि लामिछानेले उद्घाटन गरे।

उद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका सचिव लक्ष्मी पौडेलले शान्ति सुरक्षाका विषयमा दीर्घकालीन रुपमा के–के काम गर्न आवश्यक रहेको भनेर निष्कर्षमा पुग्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको जानकारी दिए। 

गोष्ठीमा कोशी प्रदेशका सबै जिल्लाका सुरक्षा प्रमुखहरूले आ–आफ्ना जिल्लाका सुरक्षाको अवस्था, विपद् व्यवस्थापनको कामहरू तथा चुनौतीहरूकाबारेमा प्रतिवेदन पेश गर्ने सचिव पौडेलले बताए। कार्यक्रमबाट अन्तर तह समन्वय , सहकार्य र अन्तर तह सहकार्य हुने उनको भनाई छ। 

गोष्ठीमा  सुरक्षा निकायका प्रमुखहरू र कोशी प्रदेशका १४ वटै जिल्लाका तथा प्रदेशस्तरिय कार्यालयका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ। 

प्रकाशित: २७ जेष्ठ २०८१ १८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App