१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा धर्म निरपेक्षता र रहमानलाई राष्ट्रपिताको मान्यताबाट हटाउने पहल

बङ्गलादेशले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउने संकेत गरेको छ। गत अगस्टमा शेख हसिनाको पतनपछि बनेको अन्तरिम सरकारका महान्यायाधिवक्ता मोहम्मद असज्जमानले उच्च अदालतमा यससम्बन्धी प्रस्ताव पेश गरेका हुन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार  प्रस्तावमा संविधानबाट धर्मनिरपेक्ष र समाजवाद शब्द हटाउन माग गरिएको छ। महान्यायाधिवक्ताले अदालतसमक्ष संविधानको धारा ७ ए खारेज गर्न पनि आग्रह गरेका छन्।

साथै असज्जमानले बङ्गलादेशका संस्थापक मुजिबुर रहमानलाई राष्ट्रपिताको मान्यता दिने प्रावधान पनि हटाउन भनेका छन्।अदालतले महान्यायाधिवक्ताको प्रस्तावमाथि अन्तरिम सरकारलाई आफ्नो अडान स्पष्ट गर्न आदेश दिएको छ। 

प्रकाशित: ३० कार्तिक २०८१ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App