१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रमुख सेनानी दिरेन्द्र मल्ल सैनिक नियन्त्रणमा

केही विषयमा सोधपुछ भइरहेको सेनाको भनाइ

नेपाली सेनाका प्रमुख सेनानी दिरेन्द्र मल्ललाई आइतबारदेखि नियन्त्रणमा राखिएको छ । 

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा कार्यरत उनलाई नेपाल फिर्ता बोलाएर नियन्त्रणमा लिइएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले उनलाई केही विषयहरु सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएर छानबिन भइरहेको पुष्टि गरेका छन् । 

‘उहाँसँग केही कुरा बुझ्नुपर्यो भन्ने थियो । त्यही अनुसार छानबिनका लागि नियन्त्रणमा लिइएको हो । अरु विषय भने जानकारी भएन’, सहायक रथि केसीले भने ।  

सैनिक अनुशासन-आचरणको विषयमा अनुसन्धान भैरहेकाले विषयहरु बाहिर नआएको पनि उनले बताए ।

प्रकाशित: २५ जेष्ठ २०८१ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App