७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

४३ गोरुसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

पाल्पाको रामपुरबाट ४३ गोरुसहित दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर २, भलायटारमा गोरु तस्करी गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।

ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए।

प्रहरी पुग्दा दुई ट्रक बेवारिसे अवस्थामा थिए। चेकजाँच गर्दा ठूलो परिमाणमा गोरु फेला परेका हुन्। चालक वा ट्रकसंग सम्बन्धित कोही फेला नपरेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिईएका ट्रक प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा पठाएको छ। गोरु तस्कर गरेर भारत तिर पठाउने चलखेल हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्दपी घटनाको अनुसन्धान भईरहेको छ।

प्रकाशित: २७ वैशाख २०८१ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App