५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आफूविरुद्धको षडयन्त्रमा लागेकाहरूको नाम छिटै सार्वजनिक गर्ने सन्दीपको चेतावनी

बलात्कार मुद्दामा जिल्ला अदालतबाट टोषी ठहर भएका सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा संलग्नको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूविरुद्धको षडयन्त्रमा लागेका प्रत्येक व्यक्तिको नाम छिटै सार्वजनिक गर्ने चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्छु। तर म विरुद्धको यस षड्यन्त्रमा भूमिका निर्वाह गर्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु। जो यस मुद्दामा संलग्न छन्।’

हाल लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दिएका छन्। तर, उनको मुद्दामा सुनुवाई हुन सकेको छैन।

प्रकाशित: २० वैशाख २०८१ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App