३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप

वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्। पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सामुदायिक र राष्ट्रिय वनमा शनिबारदेखि लागेको डढेलो बस्तीमा पस्दा झन्डै एक सय घरगोठ जलेका हुन्।

पाल्पाको सिलुवा, झडेवा, सोमादी लगायतका स्थानमा १४ भन्दा बढी घरगोठ जलेको पाल्पाका डिएसपी तथा सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। यस्तै,डढेलो निभाउने क्रममा पाल्पामा दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको उनले बताए।

यस्तै,गुल्मीको इस्मा गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ४० भन्दा बढी घरगोठ जलेका छन्।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानमा लागेको डढेलो बस्तीमा पसेर २० भन्दा बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै, रोल्पाको लुंग्री गाउँपालिका-१ पाङस्थित जंगलमा लागेको डडेलो बस्तीमा फैलिँदा ८ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन्।

आगलागीबाट गुल्मीको इस्मा गाउँपालिका– १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन्। घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन्।

आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ।

यसैगरी रोल्पाको लुंग्री गाउँपालिका १ पाङस्थित जंगलमा लागेको डडेलो बस्तीमा फैलिदा ८ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट लत्ताकपडा, खाद्यान्नलगायत केही पशुचौपाया जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। विभिन्न ठाउँमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको  समेत प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ वैशाख २०८१ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App