२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अमेरिकाको आवासीय अनुमति लिएको कुरा लुकाएर राष्ट्रसेवक भइ लाभ र सुविधा लिएकोआरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ वैशाख २०८१ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App