५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सांसद अब्दुल खानको गाडी कृष्णभिरमा दुर्घटना, घाइते खानलाई काठमाडौं ल्याइयो

फाइल तस्बिर

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ।

सोमबार बिहान काठमाडौँबाट चितवन क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतमकुमार केसीले जानकारी दिए।

बिएसी २७३५ नम्बरको सरकारी कार बिहान साढे आठ बजेतीर दुर्घटना भएको उनले बताए।

खानको दाहिने हातमा चोट लागेको केसीले बताए। उनले भने, 'सांसद अब्दुल खानसहित चार जना गाडीमा सवार हुनुहुन्थ्र्यो। सबै जना सामान्य घाइते हुनुभएको छ। दुर्घटना पछि उहाँहरूलाई हामीले मलेखु अस्पताल लगेका थियौँ। अहिले काठमाडौं पठाएका छौँ। काठमाडौँको बीर अस्पतालमा उहाँहरुको उपचार हुने बताइएको छ।'

कार तीव्र गति र सडक बनाउँदै गरेका कारण दुर्घटना भएको केसीले जानकारी दिए। 

प्रकाशित: २६ चैत्र २०८० १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App