४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

हरिनगर र देवानगञ्जमा निषेधादेश

जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका वडा नं १ र ७ मा अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरेको छ।

कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा आज दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरिएको जानकारी दिए।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका निषेधादेश जारी गरिएको उल्लेख छ।

साथै अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक धार्मिक राजनीतिक सभा, ¥याली तथा प्रदर्शनमा रोक लगाइएको जनाइएको छ। –रासस

प्रकाशित: २३ चैत्र २०८० १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App