३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

तास खालबाट १० जना पक्राउ

मंगलबार साँझ विराटनगरको तास खालमा प्रहरीले छापा हान्दा १० जना पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका– १२ का वेदनिधि दाहालको घरमा सञ्चालित तास खालमा प्रहरीले छापा हान्दा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार तास खेलिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरका डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वको टोलीले दाहालको घरमा छापा हानेको थियो।

विराटनगर– १२ का ४० वर्षीय किसन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी, ६५ वर्षीय देवेन्द्रबहादुर सुब्बा, ५३ वर्षीय वेदनिधि दाहाल, विराटनगर–११ का ३५ वर्षीय दीपक सहनी, २७ वर्षीय अनिष अधिकारी, ५० वर्षीय बाबुराम कट्टेल र विराटनगर– १० का ३७ वर्षीय रामबाबु रायलाई तालको खालबाट पक्राउ गरिएको डिएसपी जोशीले बताए।

पक्राउ परेकाहरुका साथबाट १ सय ५० भारतीय रूपैयाँसहित नेपाली रुपैयाँ ८२ हजार ४ सय ३० र १ सय ५६ पत्ती तास बरामद भएको र उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८० ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App