३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ट्याक्सी चालकमाथि कुटपिट गरी लुटेको आरोपमा दुई जना पक्राउ

काठमाडौंको कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङ रहेका छन्।

उनीहरूले चैत १३ गते राति ९ देखि १० बजेको समयमा  बुढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको प्रहरीको आरोप छ।

उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ।

प्रकाशित: १८ चैत्र २०८० १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App