२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान

कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ। धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बीउपुँजी प्रदान गरिएको हो।  

दुईवटै स्थानीय तहका विभिन्न वडामा गठन गरिएका महिला समूहका सदस्यमध्ये १०÷१० जनालाई छनोट गरी जनही २१ हजारका दरले बीउपुँजी प्रदान गरेको दलित महिला सङ्घ९फेडो० ले जनाएको छ। 

सो पुँजी दलित तथा सीमान्तकृत समुदायका महिलाले उद्यमशील क्षेत्रमा खर्च गर्नुपर्ने दलित महिला सङ्घ९फेडो० कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताए।

आर्थिक अवस्था कमजोर भएका दलित तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बिउपुँजी वितरण गरिएको उनले बताए। 

दुईवटै पालिकाबाट छनोट भएका समूहका महिलालाई उद्यमी बनाउन तालिम दिएर बिउपुँजी प्रदान गरिएको जनाइएको छ।  

बिउपुँजी पाएका महिलाले सो पुँजी लगानी गरी एक वर्षभित्र उक्त रकम आआफ्नो समूहमा फिर्ता गरेर अरु उद्यमी महिलामा लगानी गर्नुपर्ने घिमिरेले बताए। 

उपमहानगरपालिकाका विभिन्न वडामा गठन गरिएका पाँच समूहमध्ये एक समूहबाट दुई जनाका दरले १० महिलालाई छनोट गरी रकम हस्तान्तरण गरिएको फेडो कैलालीका अध्यक्ष सविना सुनारले बताए।

उपमहानगरपालिकाको संयोजनमा वडा नं १, ३, ५, १२ र १८ का महिलालाई बिउपुँजीबापत रकम प्रदान गरिएको हो। यस्तै,गौरीगङ्गाका वडा नं ३, ६, ७, ८ र ९ बाट दुई/दुई महिला छनोट गरी बिउपुँजी हस्तान्तरण गरिएको जनाइएको छ।

दलित तथा सीमान्तकृत महिलालाई अधिकार मात्र नभएर आत्मनिर्भर हुन आवश्यक रहेकाले अधिकारसँगै क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको अध्यक्ष सुनारको भनाइ छ। प्रदान गरिएको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने जनाइएको छ। न्यून आय भएका दलित तथा सीमान्तकृत महिलालाई वितरण गरिएको सानो पुँजीले उद्यमशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ।

प्रकाशित: ५ चैत्र २०८० १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App