३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

आगोले जलेर बाबु–छोरी घाइते

कालिकोटको खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा एकै परिवारका बाबु–छोरी घाइते भएका छन्।

आज दिउँसो तीन बजेको समयमा गाउँनजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्द्रराम चौंलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख पोषण थापाले बताए।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु आफ्नो बाख्रा जले–नजलेको हेर्दै आगो निभाउने क्रममा उनीहरुलाई आगोले पोलेको हो। शरीर जलेर घाइते बाबु–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म पुर्‍याइएको छ।

स्थानीय र प्रहरी टोलीले आगो नियन्त्रणमा लिइसकेका छन्। घाइतेहरूको स्वास्थ्य अवस्था जटिल रहेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८० १८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App