३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बसको ठक्करले मोटरसाइकल चालकको निधन

बसले ठक्कर दिँदा आज बिहान मोटरसाइकल चालकको निधन भएको छ। मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको त्रियुगा नगरपालिका ७ होक्सेमा बससँग  ठोक्किँदा मोटरसाइकल चालक २४ वर्षीय प्रगित राईको निधन भएको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा चालक इलाम सूर्योदय नगरपालिका ३ का राई गम्भीर घाइते भएका थिए।

टाउको र शरीरका विभिन्न भागमा चोट लागी बेहोस भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याएको थियो। उपचारका क्रममा राईको निधन भएको प्रहरीले जनाएको छ।

बस र बस चालक उदयपुरगढी गाउँपालिका ६ का ३० वर्षीय नारायण सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८० १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App