३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु, ५ जना घाइते

जनकपुर–जटही सडकखण्डमा स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

विवाहको मटकोर विधिका लागि माटो लिन गइरहेको भिडलाई एन्जल्स सेकेन्ड्रि बोर्डिङ्ग स्कुलको प्र:२-०२-००१क०४३१ नम्बरको बसले  आज बिहान बिन्हीमा ठोक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो। घटना पछि भिडले चालकलाई नियन्त्रणमा लिएको छ।

मृत्यु हुनेमा एकजना महिला रहेको / उनको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८० १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App