१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कोशीमा हल्का वर्षा र हिमपात, अरू प्रदेशमा यस्तो छ मौसम

मौसम पूर्वानुमान महाशाखाले बिहीबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको हुनसक्ने जनाएको छ। शनिवार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना  रहेको छ।

महाशाखाले बिहीबार बिहानको बुलेटिन मार्फत तीन दिनको मौसमी अवस्थाबारे पूर्वानुमान गरेको हो। यो बाहेक बिहीबार, शुक्रवार र शनिवारको आंशिक बद्ली र मुख्यतया मौसम सफा रहने जनाइएको छ। पश्चिमी वायुको आंशिक प्रभाव भने कायमै छ।

यस्तो छ ३ तीनको मौसम २०८० फाल्गुन ०३ गते (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८० फाल्गुन ०४ गते (शुक्रबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

राति: कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८० फाल्गुन ०५ गते (शनिबार)

दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

प्रकाशित: ३ फाल्गुन २०८० ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App