२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीयले गरे हुलाकी बाटो बन्द, गाडी र चालक पक्राउ गर्न माग गर्दै प्रदर्शन

घटना भएको तीन दिन बित्दा पनि गाडी र चालक पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले आज बिहानदेखि बाटो बन्द गर्दै विरोध प्रदर्शन गरेका छन्।

गत बिहीबार साँझ ६ बजेतिर कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकअन्तर्गत महराजगञ्ज नगरपालिका २ बर्गदा गाउँकी पाँच वर्षीया बालिकालाई ठक्कर दिएर गाडी भागेको थियो।

नम्बर खुल्न नसकेको पिक अप भ्यानले ठक्कर दिँदा स्थानीय नइम तेलीकी पाँच वर्षीया छोरी तैबा खातुनको मृत्यु भएको थियो। घटनापछि चालक गाडीसहित फरार भएका थिए।

घटना भएको तीन दिन बित्दा पनि गाडी र चालक पक्राउ नगरेको भन्दै स्थानीय शनिबार बिहानदेखि बाटो बन्द गर्दै विरोध प्रदर्शनमा उत्रिएको स्थानीय निजामुद्दीन मुसलमानले बताए। उनका अनुसार ठक्कर दिने लु २ च ७०२१ नम्बरको पिक अप भ्यान रहेको र प्रहरीले पक्राउ गरी लगेको छ।

प्रहरी उपरीक्षक नवरत्न पौडेलले दुर्घटना गराउने गाडीको अझै यकिन नभएको र खोजी कार्य जारी रहेको बताए। उनले गाडीलाई आफूहरूले चाँडै पक्राउ गर्ने बताए। उनले स्थानीयसँग बाटो खोल्न आग्रहसमेत गरे। प्रहरी उपरीक्षक पौडेलका अनुसार घटनास्थलमा प्रहरी पठाइएको छ।

प्रकाशित: २० माघ २०८० १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App