लुम्बिनी प्रदेशले माघ २१ मा राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नो स्थापना दिवस मनाउँदै छ। यस अवसरमा नागरिककर्मी अर्जुन ओलीसहित १३ जना पत्रकार पुरस्कृत हुने भएका छन्।
नेपालगन्जस्थित नागरिककर्मी ओली सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन्। सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने अन्य पत्रकारमा भैरहवाका रवीन्द्रप्रताप गुप्ता, कपिलवस्तुका भुपाल थापा, दाङका चुमा आचार्य बन्जाडे, रुकुम पूर्वका जयमान बुढामगर, पाल्पाका माधवप्रसाद अर्याल, अर्घाखाँचीका वीरेन्द्र केसी, नेपालगन्जका सिराजुद्धिन खान, प्युठानका मधुसुदन भण्डारी, दाङका दशरथ घिमिरे, बर्दियाका रामप्रसाद चौहान र रुपन्देहीका तेजेन्द्र केसी रहेका छन्।
यस्तै अग्रज पत्रकारिता पुरस्कार दाङका कृष्णप्रसाद घिमिरे (केपी) लाई प्रदान गरिने भएको छ।
सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि २०८० बमोजिम पुरस्कृत गर्न लागिएको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका अधिकृत कालीदास बस्यालले जानकारी दिएका छन्।
प्रकाशित: १९ माघ २०८० १२:३१ शुक्रबार




-600x400.jpg)
