५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भूमि प्लटिङविरुद्ध स्थानीयको विरोध

ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुर सानागाउँका स्थानीयले जग्गा प्लटिङको विरोध गरेका छन्। आफ्नो वडा क्षेत्रमा स्थानीयलाई भेदभाव र अन्यायपूर्ण ढंगबाट क्षति पुर्‍याउने गरी बनाइने नयाँ संरचनाका लागि भूमि टुक्र्याउने वा प्लटिङविरुद्ध स्थानीय किसानको एक समूहले विरोध गरेको हो।

स्थानीय वडा कार्यालयमा जुलुससहित वडाध्यक्ष धर्म महर्जनलाई भेटेर पहिले कृषि तथा सांस्कृतिक क्षेत्र र पछि सांस्कृतिक तथा आवास क्षेत्र बनाइएको सिद्धिपुरमा सुमंगलम् फुड्स्ले माग गरेबमोजिम जग्गा कित्ताकाट गर्न नहुने भन्दै त्यसलाई रोक्न माग गरेका छन्।

यसै क्रममा वडाध्यक्ष महर्जनले आफू र आफ्नो कार्यालयले स्थानीय जनताको भावनाविपरीत कुनै काम नगर्ने स्पष्ट पार्दै सिद्धिपुरको भूमि स्थानीय जनताकै चाहनाअनुरूप उपयोग गर्ने स्पष्ट पारे। सो क्रममा स्थानीय कृष्णकुमार महर्जन र किरण महर्जन लगायतले सिद्धिपुरलाई आफ्नै मौलिकता अनुरूप विकसित गर्न दिनुपर्नेमा जोड दिँदै स्थानीय तहले जनताका चाहनाविपरीत कसैलाई मनपरी गर्न दिन नहुने माग गरे।

प्रकाशित: १४ माघ २०८० ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App