१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अब फोहोर मैला व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई

सरकारले कार्य विभाजन नियमावली परिमार्जन गरी फोहोर मैला व्यवस्थापनको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहरी विकास मन्त्रालयलाई दिएको छ। मन्त्रिपरिषद्को गत मंसिर ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

आज आइतबार सहरी विकास मन्त्रालयमा गरिएको कार्यक्रममा संघीय मामिला मन्त्री अनिता देवीले सहरी विकास मन्त्री सिता गुरुङलाई फोहोर मैला व्यवस्थापन नीति २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०८०को मस्यौदा तथा साबिकको स्थानीय विकास मन्त्रालय मातहतको फोहोर मैला स्रोत परिचालन केन्द्रले गरेका कामका कागजातहरू हस्तान्तरण गरेकी थिइन।यसैगरी सहरी विकास मन्त्री गुरुङलाई बञ्चरेडाँडा र सिसडोल ल्याण्डफिल्ड साइट बनाउन गरिएका जग्गा अधिग्रहण कार्यक्रमका कागजातहरू हस्तान्तरण गरिएको थियो। 

उक्त कार्यक्रममा सहरी विकास मन्त्री गुरुङले सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक बहन गर्ने बताएकी थिइन भने संघीय मामिला मन्त्री देवीले सहरी विकास मन्त्रालयले जिम्मेवारी बहन गर्नेमा आफू विश्वस्त भएको बताएकी थिइन। कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव सरजु बैद्य, सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।स्थानीय सरकारले सञ्चालन ऐन २०७४ले स्थानीय तहमा फोहोर मैला व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ।अब केन्द्रमा भने यो जिम्मेवारी सहरी विकास मन्त्रालयले पाएको छ।

प्रकाशित: २९ पुस २०८० १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App