सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि निषेधाज्ञा भने जारी रहेको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि (आइतबार) बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।
पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले निषेधाज्ञा जारी गरेका हुन ।
यस अघि बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा हिजो स्थानीय युवा जयशंकर साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीकोले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो।
प्रकाशित: २१ पुस २०८० ०३:४३ शनिबार