सिन्धुपाल्चोकमा आज बिहान भूकम्प गएको छ। सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।