३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार हालसम्म दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन।

नागरिक न्यूजसँग कुराकानी गर्दै उनले भने, 'बसमा करिब ३०/३५ जना यात्रु सवार थिए। जसमा १५/२० जना घाइते भएका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तर, २ जना बलि बढी घाइते भएका छन्। थप विवरण आउन बाँकी छ।'

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका थिए।

प्रकाशित: १५ पुस २०८० ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App