४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको क्रिसमस सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताएका छन्।

इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताए।

विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्धन गर्नु हामी सबैको साझा जिम्मेवारी रहेको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री दाहालले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

२१ औं शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको भन्दै उनले क्रिसमस पर्वले हाम्रा सङ्कीर्ण घेराहरू तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति हामी सबैलाई प्रेरित गर्दै आएको बताए।  

प्रकाशित: ९ पुस २०८० ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App