४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनाले लियाे शिक्षक र लेखापालकाे ज्यान

चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ माडी नगरपालिका-१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले वाग्मती प्रदेश ०६०० १ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिंदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक वेगबहादुर खत्रीको मृत्यु भएको हो। अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन्।

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

मृतक पौडेल माडी नगरपालिका-१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी हुन्। दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले बताए।

ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उनले बताए।

प्रकाशित: २४ मंसिर २०८० ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App