४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

टिकटक सम्बन्धी मुद्दा सर्वोच्चले आज हेर्न भ्याएन

सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाउने निर्णयविरुद्धको रिट निवेदन आज मंगलबार पेशी चढेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ। 

न्यायाधीशहरू सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइने भएको हो । मुद्दाको चाप धेरै भएको र टिकटक सम्बन्धी मुद्दा तल रहेकाले हेर्न नभ्याइनेमा परेको हो। 

मंसिर ५ मा सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय सदर गर्दै कारण माग गरेको थियो। न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै टिकटकको विषयमा कारण देखाऊ आदेश जारी गरेको थियो ।

सोही दिन सर्वोच्चले मंसिर १९ मा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश गरेको थियो।निरन्तर सुनुवाइका लागि राखिएकाले भोलि बुधवार पेशी चढ्नेछ। 

सरकारले टिकटकले सामाजिक सदभाव बिगारेको भन्दै २०८० कात्तिक २७ मा रोक लगाउने मन्त्रीपरिषद्बाटै निर्णय गरेको थियो।त्यसै अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरी टिकटकमा रोक लगाएको घोषणा गरेको थियो।नागरिकको मौलिक हक हनन भएको भन्दै सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन्।

प्रकाशित: १९ मंसिर २०८० ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App