४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमापारि भीडभाड, वारि सुनसान

विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन।

नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुने थालेका हुन्।

ठूलो संख्यामा नेपाली अहिले दिनहँुजसो समान खरिद गर्न सीमावर्ती भारतीय बजार रक्सौल आउन थालेपछि यहाँ भीड बढ्न गएको रक्सौलका व्यापारी बताउँछन्।

नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसैं लगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमापारी भारतीय बजार आउने गरेको रक्सौलमा समान खरिद गरिरहेका नेपाली उपभोक्ता सन्तोषकुमार साहले बताए।

नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य १० देखि २० रुपैयाँसम्म सस्तो हुने भएकाले खरिद गर्न सीमापारि जान्ने गरेको उनको भनाइ छ।

भारतीय सिमा सुरक्षा बल (एसएसवी)का जवानहरुले दसैका अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीहरूलाई अहिले सहज गरेकाले अहिले अरू दिनको तुलनमा भीड बढ्न गएको छ।

नेपाली ग्राहकले भारतबाट दाल, चिनी, खानेतेल, मसला, चामल लगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी रामकुमार अग्रवालको भनाइ छ।

टेक्सटाइल चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भारतको रक्सौलमा रहेको कपडा व्यापारीले कपडा खरिद गर्दा नेपाली रुपैयाँको बट्टा नकाट्ने भएकाले महिलाको कपडा पसलमा बढी भीड लाग्ने गरेको बताए।

दसै जस्तो समयमा पनि मालसामान खरिद गर्न धेरैजसो ग्राहक सीमावर्ती भारतीय बजार जान्ने गरेकाले नेपाली बजारमा रौनक हराउँदै गएको छ। 

प्रकाशित: २ कार्तिक २०८० ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App