६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीको चुरेमा बस दुर्घटना हुँदा ३ को मृत्यु ३३ घाइते

धनगढी- बैतडीको मेलौरीबाट महेन्द्रनगर आइरहेको यात्रुवाहक वस भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ धपेनीमा आइतवार विहान दुर्घटनाग्रस्त हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आइतवार बिहान ५ वजेतिर सडकवाट तल खस्दा दुर्घटना भएको हो।

ज्यान गुमाउनेमा बैतडीको शिवनाथ गाँउपालिका ६  की ६४ वर्षिय भुन्टी देवि चन्द, बैतडीकै  पञ्चेश्वर ४ कि २४ वर्षिय कविता तिवारी र बैतडीको पाटन नगरपालीका ५ की १८ वर्षिय रेवती भट्ट रहेका छन। ३३ जना घाइते मध्य गंभिर २ जनालाई उपचारका लागी भारतको हल्द्वानी लगिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए। कञ्चनपुरको बनखेतका १४ वर्षिय संतोष दास र सोही ठाउँका ५० वर्षिय राम दास लाई त्यहाँ लगिएको हो ।१० जना घाइते समान्य उपचार पछि घरफर्केका छन। भने २१ जनाको अत्तरिया स्थित पदमा अस्पताल र सेती अंचल अस्पतालमा उपचार भइरहेको छ।

 बस चालक पनि घाईते भएका छन। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक टेक बहादुर जोराले चालक निदाएकोले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताएका छन।

बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आज विहान ५ वजेतिर सडकवाट तल खस्दा दुर्घटना भएको हो।

 

प्रकाशित: २६ कार्तिक २०७४ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App