५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नवरात्रसँगै पाथीभरामा भक्तजनको घुइँचो

स्थानीय प्रशासनद्वारा विशेष व्यवस्थापन

नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ। 

वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी बडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन्। नवरात्रको पहिलो दिन आज सयौँको संख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

यस क्षेत्रका होटेलहरू दर्शनार्थीले खचाखच बनेको फेदीका होटेल व्यवसायी ईन्द्रनारायण भट्टराईले जानकारी दिए। पाथीभरा देवीले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहिआएको छ। समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङखला दृश्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन्।ी सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङखला दृश्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन्।

नवरात्रका समयमा देवीको पूजा आराधना गर्न उपयुक्त हुने तथा यो समयमा मौसम पनि खुल्ने भएकाले हरेक वर्ष दसैँमा भक्तजनको घुइँचो लाग्ने गरेको भट्टराईको भनाइ थियो।

पाथीभरा दर्शनको समय सुरु भएसँगै दर्शनार्थीको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। प्रशासन कार्यालयमा बसेको बैठकले तीर्थयात्रीको आगमनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने सहमति भएको उनले जानकारी दिइन।

पाथीभरा क्षेत्रमा सहज यातायात, आवास, सुरक्षा, भीड भाडलगायत समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका चेम्जोङको भनाइ थियो। 

सहज यातायातका लागि मन्दिर क्षेत्रका सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको समितिले जनाएको छ। 

प्रकाशित: २८ आश्विन २०८० ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App