२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

इजरायल आक्रमणमा निधन भएका १० जना नेपालीको पहिचान खुल्यो

इजरायल आक्रमणमा निधन भएका १० जना नेपालीको पहिचान खुलेको छ।

इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार इजरायलमा निधन भएका १० जनै नेपाली र घाइतेहरूको पहिचान खुलेको हो।

दूतावासका अनुसार निधन हुने नेपालीहरूमा धनुषाका आनन्द साह, कैलालीका नारायण प्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका  प्रवेश भण्डारी र कैलालीका आशिष चौधरी रहेका छन्।

यस्तै विपिन जोशीको अवस्था हालसम्म अज्ञात रहेको पनि दूतावासले जनाएको छ। यस्तै विधान सेजुवाल, हिमांचल कट्टेल र प्रविण डाँगीको हाल उपचार भइरहेको छ भने धन बहादुर चौधरी, विरेन्द्र चौधरी र प्रमोद के.सी. उपचार पछि सकुशल रहेको पनि दूतावासले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०८० ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App