१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

अपांगता भएका ११६ जनालाई ह्विल चियर

कपिलवस्तुका १ सय १६ अपांगता भएका व्यक्तिलाई ह्विल चियर वितरण गरिएको छ। डिजेएच तथा इन्टरनेसनल ह्विल चियर फाउन्डेसनको सहयोगमा बाल अपांग टेवा संस्थाद्वारा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको हनुमान् चोकमा एक कार्यक्रमबीच ह्विल चेयर वितरण गरिएको हो।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले हनुमान् चोकमा जम्मा भएका अपांगहरूलाई ह्विल चियर वितरण गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए। कार्यक्रममा मन्त्री आचार्यले अपांगको सहज पहुँचका लागि सबै सरकारी निकायमा अपांगमैत्री संरचना निर्माण गर्नुपर्ने बताए। उनले नबनाइएका ठाउँमा अपांगमैत्री संरचना बनाउनु पर्नेमा जोड दिए। ‘अब बन्ने संरचना अपांगमैत्री बनाउन जरुरी छ,’ उनले भने।

शारीरिक रूपमा अपांग भएकाहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउनुपर्ने बताए। तिनै तहका सरकारले अपांगका लागि अपांगमैत्री नीतिसमेत बनाउनुपर्ने बताए। उनले अपांगहरूका लागि आफूले थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले महिलाहरूका लागि सुधारिएको चुल्हो, सिलाई मेसिन र स्वेटर बुन्ने मेसिनसमेत दिलाउन आफू प्रतिबद्ध रहेको बताए। सो अवसरमा आयोजक संस्थाका संस्थापक अध्यक्ष डेन्डी शेर्पाले वडा र पालिकाले अपांग मैत्री संरचना निर्माण गरी वडासम्म पहुँच बढाउनुपर्ने बताए।  

प्रकाशित: २१ आश्विन २०८० ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App