३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तुइन चुँडिदा कर्णाली नदीमा एकजना बेपत्ता

तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्।  

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपस्थित ल्याप्चे घाटमा शनिवार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका मकर सिंह नेपाली बेपत्ता भएका हुन्।  

कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडा बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काका अनुसार बेपत्ता नेपालीको खोजी कार्य भइरहेको छ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भीरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिवार साँझ ६ बजे तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका नेपालीको सडकमा काम गर्ने कामदार, नेपाली सेना र स्थानीयले कर्णाली नदीमा खोजी गरे पनि फेला नपरे पछि आज बिहानैबाट खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।  

घटनास्थल प्रहरी कार्यालय सर्केगाडबाट टाढा रहेको र रात परेकाले आज बिहानबाट मात्रै घटनास्थल पुगेर खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

प्रकाशित: २१ आश्विन २०८० ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App