५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिबन्धित औषधीसहित तीन बालक पक्राउ

प्रतिबन्धित औषधीसहित तीन जना बालकलाई सशस्त्र प्रहरी बल  नेपाल ४ नं. गण सुनसरीले पक्राउ गरेको  छ। 

हरि नगर वडा नं. १ बाट सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा दुई हजार दुई सय ७५ थान ट्राम डोल हाइड्रोक्लोराइड ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको जनाएको  छ। पक्राउ पर्ने तीनै जना बालक हरि नगर वडा नं. ७ का हुन्। उनीहरु १३ वर्षदेखि १६ वर्ष उमेर समूहका रहेका छन्।

औषधी भारतबाट ल्याएको सशस्त्र प्रहरीले जनाएको छ। भारतबाट प्रतिबन्धित औषधी ल्याउन र लागू औषध भित्राउन बालबालिका प्रयोग गर्ने खुलेको  छ। 

प्रकाशित: २९ भाद्र २०८० १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App